शिक्षकहरुको आन्दोलन :  विद्यार्थी भर्ना र घरदैलो अभियान प्रभावित

मंगलबार, ०२ बैशाख २०८२, १० : १९

काठमाडौं– नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाण्डौमा भइरहेको शैक्षिक आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ ।

महासङघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पुर्‍याउन भन्दै महासङघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुने बताएको छ । यही वैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षा सञ्चालनमा पनि शिक्षक कर्मचारी सहभागी नहुने भएका छन् ।

महासङघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले यथाशीघ्र शिक्षा ऐन ल्याएर विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने स्पष्ट माग गरिएको बताए । ऐन जारी नभएसम्म विद्यालय नफर्कने उनको अडान छ ।

सरकारले हिजैदेखि नयाँ भर्ना अभियान शुरू गरेर सबै शिक्षक तथा कर्मचारीलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

 
 
मंगलबार, ०२ बैशाख २०८२, १० : १९

प्रतिक्रिया