प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छः गगन थापा

मंगलबार, ०२ बैशाख २०८२, १२ : १२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने गरेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियालाई फरक पहिचान दिनुपर्ने औंल्याए।

उनले अहिलेको आर्थिक संकटको मूल जड विचौलिया रहेको दाबी गरे। ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो’, उनले भने,‘ हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, तर विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो।’

उनले  राष्ट्र बैंकको उदाहरण दिँदै गभर्नरको नियुक्तिमा पहिले कसले गभर्नर बन्ला भन्ने सामान्य कौतूहल हुने गरेको बताए । उनले भने, ‘विचौलियाको क्यान्डिडेटु भनेर खुलेआम बहस हुने अवस्था आएको छ ।’

मंगलबार, ०२ बैशाख २०८२, १२ : १२

प्रतिक्रिया