त्रिविका शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मा

मंगलबार, ०२ बैशाख २०८२, १५ : ५०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ । उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि केसीले निमित्त जिम्मेवारी पाएका हुन् । रिक्त रहेको अवस्थामा कुलपति तथा प्रधानमन्त्रीले बढीमा ३ महिनाका लागि निमित्त तोक्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थाअनुसार नै केसीले निमित्तको जिम्मेवारी पाएका हुन । बरालले उपकुलपति भएको समयमा केसीलाई शिक्षाध्यक्ष बनाएका थिए । सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया भने आरम्भ गरेको छैन ।

 
मंगलबार, ०२ बैशाख २०८२, १५ : ५०

प्रतिक्रिया