सरकारले राख्यो ४ कम्पनीलाई कालोसूचीमा

विहीबार, ०४ बैशाख २०८२, १० : १२

काठमाडौं- सरकारले ४ वटा कम्पनीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राखेको छ। समयमै काम पूरा नगर्ने ४ कम्पनीहरु कालोसूचीमा परेका हुन् । 

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। तीमध्ये २ वटा कम्पनीलाई १ वर्ष ६ महिना र २ वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, श्री गौरीगोमा निर्माण सेवा, एसएम कन्सट्रक्सन र राना फर्निचर सःमिल उद्योगलाई कालोसूचीमा राखेको छ। तीमध्ये बिल्ड ब्रदर्स कन्स्ट्रक्सन र श्री गौरीगोमा निर्माणलाई १ वर्षका लागि तथा एसएम कन्स्ट्रक्सन र रराना फर्निचर सःमिललाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

यी कम्पनीहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Black-Listed-companies

विहीबार, ०४ बैशाख २०८२, १० : १२

प्रतिक्रिया