२५ करोड बरामद प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

विहीबार, ०४ बैशाख २०८२, १२ : ४९

काठमाडौं- काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।

विहीबार, ०४ बैशाख २०८२, १२ : ४९

प्रतिक्रिया