शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो

बुधबार, १७ बैशाख २०८२, १२ : ५१

काठमाडौं- शिक्षक आन्दोलनका कारण विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेकाले विद्यार्थीले समयमै विद्यालयमा पढ्न लेख्न पाउने वातावरण मिलाउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो । यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ११ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी पठनपाठनमा फर्काउने वातावरण सुनिश्चित गर्न आदेश गरेको थियो । 

उक्त आदेश कार्यान्वयनको प्रगति पेस गर्न शिक्षा मन्त्रालयको नाममा निर्देशनात्मक आदेश गरिएकोमा मन्त्रालयले हालसम्मको प्रगति अदालतमा पेस गरिसकेको छ । सर्वोच्च अदालत मुद्दा महाशाखा प्रमुखले आज उक्त प्रतिवेदन इजलाससमक्ष पेस गरेका छन् ।

अधिवक्ता चौधरीले दायर गरेको रिट र मुद्दा महाशाखा प्रमुखले पेस गरेको आदेश कार्यान्वयनको प्रतिवेदनमाथि सुनुवाइ सकिएको हो ।

गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलन र सरकारसँग वार्ता सँगसँगै अघि बढिरहेकोमा माग पूरा गर्नेगरी समझदारी हुन सकेको छैन ।

बुधबार, १७ बैशाख २०८२, १२ : ५१

प्रतिक्रिया