सावधान ! यस्तो अवस्थामा खानु हँदैन मेवा,७ बेफाइदा सहित

४ बर्ष अगाडि

एजेन्सी – म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा दिने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुनसक्छ । 

आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।

१ गर्भवती महिलाका लागि
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संचित गरिदिने भएकाले यसको सेवनले गर्भपतन
हुन सक्ने खतरा बढ्छ ।

२ स्तनपान गराउँने महिला
गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक मानिन्छ । मेवामा पाइने पापेन (papain) नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको
नहुदासम्म मेवा खुवाउँन घातक मानिन्छ ।

३ एलर्जी

क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नु हुदैन  । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुनसक्छ । 

४ ब्लड प्रेसर

मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर,मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुदैन ।

५ मृगौलामा पथ्थरी

अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।

६ झाडापखला

पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।


७ घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ । त्यसैले यसको बढी मात्रामा गर्नुहुदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया