अमेरिकाको कूल गार्हस्थ उत्पादनमा गिरावट

विहीबार, १८ बैशाख २०८२, १० : ४७

काठमाडौं- राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रको रिपोर्ट आएको छ।

अमेरिकी आर्थिक विश्लेषण ब्यूरोको प्रारम्भिक तथ्यांकअनुसार पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्ममा अमेरिकी अर्थतन्त्र ०.३ प्रतिशतले घटेको छ।

अमेरिकी वाणिज्य विभागले २०२४ को अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा अमेरिकी जीडीपी २.४ प्रतिशतको दरले बढिरहेको बताएको थियो, तर अर्को त्रैमासिकमा भने यो घटेको छ।

यो गिरावट धेरै उल्लेखनीय नभए पनि राष्ट्रपति ट्रम्पले ट्यारिफ घोषणा गरेको तरिकाले यसमा प्रभाव पारेको विश्लेषकहरू विश्वास गर्छन्। सरकारी खर्चमा आएको कमीले पनि प्रभाव देखाएको छ।

ट्रम्पको घोषणा कार्यान्वयन हुनुभन्दा पहिले नै अमेरिकी कम्पनीहरूले आयात बढाए, सायद यही नै यस त्रैमासिकमा आयात ४० प्रतिशतले बढ्नुको मुख्य कारण थियो। -एजेन्सी 

विहीबार, १८ बैशाख २०८२, १० : ४७

प्रतिक्रिया