सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासंघको बैठक बस्दै

विहीबार, १८ बैशाख २०८२, ११ : ३१

काठमाडौं– नेपाल शिक्षक महासंघले बैठक आह्वान गरेको छ । सरकारसँग सहमति भएपछि महासङ्घले आज दिउँसो बैठक बोलाएको हो । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा उपलब्ध शिक्षक–कर्मचारीलाई बैठकमा आउन अनुरोध गरेका छन् । 

दिउँसो १२ बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको हो । नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच हिजो ९ बुँदे सहमति भएको थियो । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा संसद्को शिक्षा समिति सभापति र प्रमुख दुई पार्टीका मुख्य सचेतकहरूले प्रतिबद्धता जनाएका थिए । सरकारसँगको सहमति र ऐन जारी गर्ने प्रतिबद्धता भएपछि महासंघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको थियो । 

शैक्षिक हडताल र शैक्षिक सडक आन्दोलनका कार्यक्रम स्थगित गरिएपछि शिक्षकहरूले नै असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारी, राहत शिक्षक, बाल विकास शिक्षकहरूभित्र असन्तुष्टि चुलिएको छ । उनीहरूले महासंघ र अध्यक्ष सुवेदीले धोका दिएको आरोप लगाएका छन् । त्यही विषयमा समीक्षा गर्नका लागि महासंघले बैठक बोलाएको हो ।

 
 
 
विहीबार, १८ बैशाख २०८२, ११ : ३१

प्रतिक्रिया