धितोपत्र बोर्डबाट तेह्रथुम पावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति

शुक्रबार, १९ बैशाख २०८२, १५ : २६

काठमाडौं- तेह्रथुम पावर कम्पनीले नेपाल धितोपत्र बोर्डलेबाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। धितोपत्र बोर्डले तेह्रथुम पावरलाई १ः१ अनुपातमा अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद ल्याउन अनुमति दिएको हो।

योसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४० करोड रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

शुक्रबार, १९ बैशाख २०८२, १५ : २६

प्रतिक्रिया