काठमाडौं- कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा २९.२४ प्रतिशतले घटेको हो ।
यस अवधिमा कम्पनीले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ४२ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस त्रैमासमा २ करोड ७३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । आम्दानीमा आएको यो कमीले मुनाफामा प्रत्यक्ष दबाब पारेको देखिन्छ ।
कम्पनीको वित्तीय खर्च अघिल्लो वर्ष ४८ लाख ८ हजार रुपैयाँ भएकोमा यस वर्ष २५ लाख ३७ हजार रुपैयाँमा झरेको छ, जसले केही हदसम्म घाटा कम गर्ने काम गरेको छ ।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कुथेलीको जगेडा कोषमा हाल ५ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०।०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७।९७ रुपैयाँ कायम भएको छ ।
वैशाख २१ गते आइतबारको कुथेली बुखरीको सेयर मूल्य १८ सय ८९ रुपैयाँ ३७ पैसा रहेको छ, जुन हाइड्रोपावर समूहकै सबैभन्दा महंगो मूल्य हो ।
प्रतिक्रिया