सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्योः शेखर कोइराला

सोमबार, २२ बैशाख २०८२, १५ : २९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगाएतमा सरकार चूकेको बताएका हुन् ।

उनले एमाले–कांग्रेसको दुई तिहाईको संख्याले नभइ सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरुको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

सोमबार, २२ बैशाख २०८२, १५ : २९

प्रतिक्रिया