कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान

सोमबार, २२ बैशाख २०८२, १६ : ५५

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गरेका छन् ।

एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् । 

श्रीलंका सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ । -रासस

सोमबार, २२ बैशाख २०८२, १६ : ५५

प्रतिक्रिया