एशियन लाइफद्वारा एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान

सोमबार, २२ बैशाख २०८२, १६ : ४०

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूलाई विशेष समारोहकाबीच सम्मान गरेको छ।

वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठ, नायब  प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेसागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमको अवसरमा प्रशंसा पत्रको साथै व्यवसायीकी लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवर्द्धनमा प्रेरित गर्न एक एक थान स्मार्ट ट्याब समेत उपलब्ध गराइएको छ ।

सोमबार, २२ बैशाख २०८२, १६ : ४०

प्रतिक्रिया