सानिमा रिलायन्स लाइफले ल्यायो “मेरो मुटु” बाल जीवन बीमा योजना

सोमबार, २२ बैशाख २०८२, १५ : ३८

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु” बाल जीवन बीमा योजना सार्वजनिक गरेको छ। बालबालिकाको उज्ज्वल भविष्यको सुनिश्चितताका लागि कम्पनीले यो बीमा योजना ल्याएको हो । 

यस योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। कम्पनीले यसमा प्रस्तावक र बच्चा दुवैको जीवन एकैसाथ बीमा हुने जनाएको छ ।

यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ।  त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ । 

यस योजनाबारे थप जानकारी लिनका लागि सम्पर्क गर्नका लागि कम्पनीले आग्रह गरेको छ । 

सोमबार, २२ बैशाख २०८२, १५ : ३८

प्रतिक्रिया