काठमाडौं- प्रिमियममा आईपीओ निष्कासनको तयारीमा रहेको अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सन् २०२४ मा ३४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२३ को तुलनामा १०७.२२ प्रतिशतले बढी हो। २०२३ मा यो आम्दानी १६ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्सले प्रकाशन गरेको प्रेस विज्ञप्ती अनुसार चालु आर्थिक वर्षका पहिलो ६ महिनामा कम्पनीले १२ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ।
हालसम्म कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ लगानी गरिसकेको छ। सन् १९९४ मा स्थापना भएको यो कम्पनीले ऊर्जा क्षेत्रमा केन्द्रित भएर लगानी गर्दै आएको छ। हाल कम्पनीको लगानी पोर्टफोलियोमा ६ वटा सञ्चालनमा रहेका जलविद्युत आयोजना छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ‘आइआरएन बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्वहरु समयमै पूरा गर्न सक्ने मध्यम क्षमता रहेको संकेत गर्दछ ।
सन् २०८२ साउनभित्र दुई जलविद्युत आयोजना–कासुवा खोला र अपर छुजुङ खोलामा गरिएको लगानीको लक–इन अवधि समाप्त हुँदैछ। यसले कम्पनीलाई ती सम्पत्तिहरू खुला बजारमा कारोबार गर्न दिनेछ ।
प्रतिक्रिया