सावधान ! एनर्जी ड्रिंकले तपाईंको ज्यान नै लिन सक्छ

४ बर्ष अगाडि

काठमाडौं - यदि तपाईं पनि तत्काल इनर्जी पाउनको लागि एनर्जी ड्रिंक पिउनु हुन्छ भने सावधान हुनुस् । एनर्जी ड्रिङ्कले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउँछ । एनर्जी ड्रिङ्कले हाम्रो स्वास्थ्यलाई पुर्याउने ६ वटा नोक्सानको बारेमा जानकारी 

१. एक एनर्जी ड्रिंकमा २ कप कफीमा हुने कैफिन पाइन्छ । जसले तपाईंलाई यसको लत लगाउन सकिन्छ । यति मात्र हैन यसले तपाईंको शरीरमा गम्भीर समस्याहरू पनि निम्त्याउन सकिन्छ । त्यसैले यसलाई नपिउनु नै राम्रो हुन्छ ।

२. एनर्जी ड्रिंक पिउनाले तपाईंको डाइटमा असर पर्न सक्छ । यसको सेवनले गर्दा हामी हाम्रो खानपानलाई खासै ध्यान दिंदैनौं । जसले हाम्रो स्वास्थ्यलाई एकदमै असर गर्छ ।

३. यो इनर्जी ड्रिंकमा कोलेस्ट्रोलको मात्रा एकदमै धेरै हुन्छ जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउन सक्छ । एक ड्रिंकमा लगभग १३ चम्चा चिनी हुन्छ । जसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसले शरीरमा धेरै किसिमका समस्याहरू बढाउँछ ।

४. अमेरिकामा भएको एनर्जी ड्रिंकसँग सम्बन्धित एक सर्वेक्षण अनुसार अत्यधिक मात्रामा कैफिन हर्ट अट्याक को समस्या हुन्छ जुन मृत्युको कारण पनि बन्न सक्छ ।

५. एनर्जी ड्रिंकको अधिक सेवन तपाईंको दिमागको साथ साथ तपाईंको मुड र व्यवहारमा पनि असर पर्छ । यो तपाईंको व्यवहारमा चिडचिडा पनको कारण पनि बन्न सक्छ ।

६. मुड स्विंग हुनु, तनाव हुनु र डिप्रेशनको स्थिति पनि एनर्जी ड्रिङ्कको अधिक सेवनको परिणाम हुन सक्छ । यसको प्रयोग गर्नु एकदमै हानिकारक हुन्छ ।,

४ बर्ष अगाडि

प्रतिक्रिया