हकप्रद सेयर जारी गर्दै छ्यांदी हाइड्रोपावर, तोक्यो बुक क्लोज मिति

बुधबार, २४ बैशाख २०८२, १६ : ५५

काठमाडौं- छ्यांदी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, जेठ १ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र छ्यांदी हाइड्रोपावरको हकप्रद सेयर भर्न पाउनेछन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

बुधबार, २४ बैशाख २०८२, १६ : ५५

प्रतिक्रिया