काठमाडौं- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीको शुक्रबार बसेको बैठकले हकप्रद सेयर जारी गर्न आउँदो जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ जेठ ५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले हिजो वैशाख २५ गते राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया