काठमाडौं- क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा चमत्कारिक आर्थिक प्रदर्शन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, खुद नाफा अघिल्लो वर्षको तुलनामा ६३८.६४ प्रतिशतले वृद्धि भई १ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १४ लाख २६ हजार रुपैयाँ मात्रै थियो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। यो १ रुपैयाँ ५१ पैसाको वृद्धि सहित १ रुपैयाँ ८७ पैसामा पुगेको छ।
वित्तीय विवरणअनुसार, खुद आर्जित बीमाशुल्क ३४६.४२ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानीमा १९८.७२ प्रतिशतको बृद्धि देखिएको छ। त्यस्तै, कुल खर्च १९०.५९ प्रतिशत र दाबी भुक्तानी ३८३.१५ प्रतिशतले बढेको छ, जसले कम्पनीको सेवा विस्तार र बजारमा प्रभावकारी उपस्थिति देखाउँछ।
चैत मसान्तसम्म कम्पनीको मूल्य/आम्दानी अनुपात (P/E Ratio) १९५.४० गुणामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसामा उक्लिएको छ। हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, महाविपत्ति कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्समा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ।
प्रतिक्रिया