काठमाडौं- नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरले ‘रिक्स दी रिकोभरः दी रोल अफ प्रप्रटी’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ ।
शनिबार बुटवलको पौवा होटलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख अतिथ्यता र नेपाल सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालको सभापतित्वमा उक्त सेमिनार सम्पन्न भएको हो ।
सेमिनारलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसील देव सुवेदीले सर्भेयर संघले आयोजना गरेको सेमिनारको सफलताको शुभकामना दिदैं सर्भेयर संघलले आफै इन्सीच्यूट खोलेर तालिम दिन समेत सुझाव दिए । साथै, उनले सर्भेयर संघलाई आवश्यक पर्ने सबैखाले कार्यक्रम सहयोग गर्न बीमा प्राधिकरण सधै तयार रहेको धारणा व्यक्त गरेका छन् ।
सेमिनारमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक निर्मल अधिकारी, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्याल, पूर्व लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापा, सर्भेयर संघका अध्यन मोहन पुरुष ढकाल, नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका संयोजनक गोविन्द ढकाल र बीमक, कर्पोरेट तथा विभिन्न कर्पोरेट क्षेत्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया