नेसनल लाइफ इन्स्योरेन्सको नाफामा ५ प्रतिशतले वृद्धि

आइतबार, २८ बैशाख २०८२, १३ : १६

काठमाडौं— नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको ३८ करोड ८३ लाख रुपैयाँ नाफाको तुलनामा ५.१९ प्रतिशतले बढी हो।

कम्पनीको खुद बीमा शुल्क संकलन ११.४८ प्रतिशतले वृद्धि भएर १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको यस वृद्धिले नाफा बढ्नमा मुख्य योगदान दिएको हो।

नेसनल लाइफको हालको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ (जगेडा नाफा) मा ८५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १०.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ पुगेको छ।

आइतबार, २८ बैशाख २०८२, १३ : १६

प्रतिक्रिया