सानिमा रिलायन्स लाइफको व्यापारसँगै नाफामा वृद्धि, ईपीएस भने घट्यो

आइतबार, २८ बैशाख २०८२, १३ : २४

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ३३ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको ३० करोड ४८ लाख रुपैयाँ नाफाको तुलनामा १०.७७ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १२ करोड १ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड २६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४।२४ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँको तुलनामा १२.२१ प्रतिशतले बढी रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँको तुलनामा १५.८८ प्रतिशतले बढी हो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने ९.७१ बाट घटेर ८.९८ रुपैयाँ कायम भएको छ। पीई रेसियो ४६.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ रहेको छ।

आइतबार, २८ बैशाख २०८२, १३ : २४

प्रतिक्रिया