काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, आइतबार जेठ ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र तेह्रथुम पावरको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले बोर्डले यसअघिनै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया