स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि विकास हाइड्रोको आईपीओ निष्कासन

मंगलबार, ०६ जेठ २०८२, १२ : ४१

काठमाडौं— विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आज मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँ जारी पुँजीमध्येबाट ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको ९ लाख ९ हजार १०१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गरेको हो।

जसअनुसार, ३ लाख ६३ हजार ६४० कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का अति प्रभावित स्थानीयवासीलाई छुट्याइएको छ भने ५ लाख ४५ हजार ४६१ कित्ता सेयर धार्चे गाउँपालिकाको वडा नं. १, २, ३, ६ र ७ का अन्य प्रभावित बासिन्दाहरूका लागि छुट्याइएको छ। 

स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जेठ २० गतेसम्म आवेदन दिन सकिने आईपीओमा स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ४ गतेसम्म आवेदन दिन पाउनेछन् । 

स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछन् । 

आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मंगलबार, ०६ जेठ २०८२, १२ : ४१

प्रतिक्रिया