काठमाडौं- छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
छ्याङ्दीले जेठ २ गते बुक क्लोज गरेकोले जेठ १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । छ्याङ्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया