काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता नगर्ने भए हेलिकोप्टर चढेर भाग्न मौका दिने जवाफ फर्काएका छन्। उनले संसदमा प्रधानमन्त्री ओलीले उमेरका हिसाबले भाग्न सकिँदैन भन्दै कटाक्ष गरेकोप्रति जवाफ फर्काएका हुन्।
‘प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन। भाग त भन्नुभएन नि हो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिन्छौं,’उनले आगामी जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा भने ।
उनले सरकारलाई पनि दमन गरेर हिंसामा भड्काउने मौका नदिइने पनि बताए। उनले अहिलेको आन्दोलन टुंग्याएरै छाड्ने बताए ।
प्रतिक्रिया