बरुण हाइड्रोपावरको १ः१ हकप्रदलाई सेबोनले दियो स्वीकृति

बुधबार, ०७ जेठ २०८२, १२ : ०७

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १ः१ अनुपातमा हकप्रद सेयर ल्याउने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

अब कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत बराबरका सेयर अर्थात् ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।

यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्नेछ। यो बिक्रीपछिको कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

बुधबार, ०७ जेठ २०८२, १२ : ०७

प्रतिक्रिया