एशियन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

बुधबार, ०७ जेठ २०८२, १६ : ००

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज बुधबार पोखरा महानगरको वडा नं. ३२ मा कार्यक्रम सम्पन्न गरेको हो ।

सचेतना कार्यक्रम गर्न नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई दिएको निर्देशनअनुसार एशियन लाइफले यो कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले सात मुहाने आमा समुहका ३० जनाको सहभागितामा बीमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रबन्धक बद्रीनाथ पौडेलले बीमाको परिचय, आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए ।

बुधबार, ०७ जेठ २०८२, १६ : ००

प्रतिक्रिया