काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्राप्त भएका बीमा दाबीहरूमध्ये केही दाबीहरू अपूर्ण कागजात वा बीमितसँग सम्पर्क अभावका कारण प्रक्रियामा अगाडि नबढेको जनाएको छ।
कम्पनीले यस्ता दाबीहरूलाई अघि बढाउन अबको ३५ दिनभित्र आवश्यक कागजातहरू पेश गर्न वा कम्पनीको सम्पर्कमा आउन सम्बन्धित बीमितहरूलाई अनुरोध गरेको छ। निर्धारित समयसीमा भित्र सम्पर्कमा नआएमा दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।
"बीमा सेवाको भरपर्दो कार्यान्वयनका लागि आवश्यक कागजात तथा जानकारी समयमै उपलब्ध गराउन बीमितहरूको सक्रिय सहकार्य आवश्यक छ," कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।
कम्पनीले समयसीमा भित्र सम्पर्कमा आउने बीमितका दाबीहरू प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाइने जानकारी पनि दिएको छ।
प्रतिक्रिया