काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही जेठ २३ देखि २६ गतेसम्म चारदिने तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममा सहभागी हुनका लागि कम्तीमा प्लस टू उत्तीर्ण गरेको हुनु पर्नेछ। सहभागी हुन चाहनेले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, पासपोर्ट साइज फोटो र प्यान कार्डको प्रतिलिपि सहित ३ हजार रूपैयाँ बुझाउनु पर्नेछ।
संस्थागत अभिकर्ताको तालिम लिन चाहने संस्थाले पनि आवश्यक कागजात पेश गरी सहभागी हुन सक्ने कम्पनीले बताएको छ।
तालिम काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म चल्नेछ।
प्रतिक्रिया