सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त

विहीबार, ०८ जेठ २०८२, १२ : ४५

काठमाडौं- सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् ।

कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजु नियुक्तलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई वैशाख २६ बाट नै लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनी सचिव प्रिती श्रेष्ठले जेठ ७ गते नेप्सेलाई जानकारी गराएकी हुन् ।  

विहीबार, ०८ जेठ २०८२, १२ : ४५

प्रतिक्रिया