नेप्सेमा पियोर इनर्जीको आईपीओ सूचीकृत, भोलिबाट दोस्रो बजारमा कारोबार हुने

सोमबार, १२ जेठ २०८२, १५ : २१

काठमाडौं- पियोर इनर्जीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

पियोर इनर्जीको सेयर जेठ १३ गते मंगलबारबाट दोस्रो बजारमा कारोबारमा हुनेछ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भएकोले यो कम्पनीको सेयर मंगलबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६४ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको १६ लाख कित्ता रहेको छ।

नेप्सेले पियोर इनर्जीलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ। 

पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँ र अधिकतम २८९.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

सोमबार, १२ जेठ २०८२, १५ : २१

प्रतिक्रिया