सगरमाथा जलविद्युतले हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगबाट पायो स्वीकृति

बुधबार, १४ जेठ २०८२, ११ : १२

काठमाडौं- सगरमाथा जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । 

कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

आयोगको स्वीकृतिपछि कम्पनीले अब नेपाल धितोपत्र बोर्डमा निवेदन पेसे गर्नेछ । बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर जारी गर्न सक्नेछ । 

बुधबार, १४ जेठ २०८२, ११ : १२

प्रतिक्रिया