काठमाडौं- काठमाडौं जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ । आज बुधबार साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।
जेठ १५ गते काठमाडौंमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो ।
यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया