काठमाडौं- वि.सं.२०८२ साल ज्येष्ठ १५ गते । बिहीबार । इस्वी सन् २०२५ मे २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ शुक्लपक्ष । तिथि–तृतीया, ५४ घडी ४० पला, रातको ३ बजेर ३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–आद्र्रा, ५३ घडी १७ पला, रातको २ बजेर ३० मिनेट उप्रान्त पुनर्वशु । योग – शूल, ३५ घडी ४९ पला, बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त गंड । करण–तैतिल, दिउसो ३ बजेर ५२ मिनेट उप्रान्त गर, रातको ३ बजेर ३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी ११ पला ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक स्तर उच्च तहको रहनाले भाग्य शक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाइने योग रहेको छ । पापीय मनोवृत्ति निष्क्रिय हुनेछ नोकरीमा ख्याति बढ्ने कार्यले प्रशंसित बनाउला । राजनैतिक गतिविधिबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ । तरपनि हुलमुलतिर सहभागी हुँदा ध्यान दिनुहोला ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा लागी नाम कमाउनेहरूका लागी नयाँ नयाँ अवसर आउनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृढ भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । तरपनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । हुलमुल तथा भिडभाडमा जाँदा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ । भिडभाडमा यात्रा गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । भिडभाडमा यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइँदाको सम्भावना टरेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । तरपनि खर्च बढ्ने तथा जग्गा सम्बन्धी काममा मन्दी आउनेछ । भिडभाडमा यात्रा गर्दा ध्यान दिनुहोला ।
प्रतिक्रिया