वाइसीएल सम्मेलन आजदेखि सुरु हुँदै

आइतबार, १८ जेठ २०८२, १० : ४७

काठमाडौं- नेकपा माओवादी केन्द्रको सहायक संगठन मानिने योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।

‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन ! सुशासन, समाजिक न्याय, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!’ भन्ने नाराका साथ हुने सम्मेलनको उद्घाटन दिउँसो १२ः ३० बजे प्रज्ञा भवन कमलादीमा पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।

 जेठ १९ सम्म हुने सम्मेलनबाट भावी नेतृत्व चयन हुनेछ ।  नेतृत्वका लागि उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवबाट माधव बस्नेत, डम्बर पुलामी, गणेश शाही ‘विद्रोही’ लगायत आकांक्षी रहेका छन् । 

महासचिवभन्दा माथिका लगभग सबै ४० वर्षे उमेरहदका कारण पदाधिकारीबाट बाहिरिँदैछन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ ।

आइतबार, १८ जेठ २०८२, १० : ४७

प्रतिक्रिया