दोर्दी खोलाको साढे १९ लाख कित्ता लिलामी सेयरमा आवेदन दिने म्याद थप

सोमबार, १९ जेठ २०८२, १० : ४५

काठमाडौं- दोर्दी खोला जलविद्युत लिमिटेडको १९ लाख ४६ हजार ६७६ कित्ता सेयरमा लिलामी आवेद दिने म्याद १ दिन थप भएको छ । अब यस कम्पनीको लिलामी सेयरमा मंगलबार जेठ २० गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । 

यसअघि कम्पनीले आज जेठ १९ गतेसम्म आवेदन जनाएको थियो । कम्पनीले जेठ ११ गतेदेखि संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ । यी दुवै समूहको लकइन असार ७ गते सकिँदैछ । 

त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामी बिक्रीमा ल्याइएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ 

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सोमबार, १९ जेठ २०८२, १० : ४५

प्रतिक्रिया