नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष कांग्रेसमा प्रवेश

मंगलबार, २० जेठ २०८२, १६ : १३

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपालगञ्जमा चलिरहेको बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा मंगलबार उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई कांग्रेसका महामन्त्री गगन थापाले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । 

मंगलबार, २० जेठ २०८२, १६ : १३

प्रतिक्रिया