माओवादीको मध्यपहाडी लोकमार्ग अभियान स्थगित

बुधबार, २१ जेठ २०८२, १२ : ०२

काठमाडौं- नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । 

जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रले जानकारी दिएको छ । 

प्रतिकूल मौसमका कारण सोमबार माओवादीले जारी गरेको परिपत्रमा समेत अभियानको कार्यतालिका राखिएको छैन । 

बुधबार, २१ जेठ २०८२, १२ : ०२

प्रतिक्रिया