वाईसिएलमा मनोमानी ढंगले पदाधिकारी चयन गरिएको भन्दै ६ जिल्ला इन्चार्जको असहमति (विज्ञप्तिसहित)

सोमबार, २६ जेठ २०८२, १९ : ०१

काठमाडौं-  नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसिएल, नेपालको विधान विपरीत पदाधिकारी र केन्द्रीय समिति चयन गरिएको भन्दै कर्णालीका ६ जिल्ला इन्चार्जहरूले विरोध जनाएका छन् ।

जेठ २० गतेको बन्द सत्रले पारित गरेको विधानमा ३५ सदस्य पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्थालाई लत्याएर ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय केन्द्रीय समिति पुर्याइएको भन्दै उनीहरुले लिखित रुपमै असहमति प्रकट गरेका हुन् ।

‘वर्तमान केन्द्रीय सदस्यहरूले प्रतिनिधिलाई भ्रममा राखेर विधान विपरीत केन्द्रीय समिति गठन गरेको निष्कर्ष निकाल्दै सामूहिक रूपमा असहमति प्रकट गर्दछौँ’, साामूहिक विज्ञप्तिमा भनिएको छ । 

असहमति प्रकट गर्नेहरुमा जनककुमार विश्वकर्मा (रुकुम पश्चिम), विकास रोकाय (जाजरकोट), हस्तबहादुर शाही(कालिकोट), हर्क थापा (दैलेख), कर्मा लामा(हुम्ला) छन् । केन्द्रीय सदस्यहरू गौरीकला शाही, गीता शाही र राजेश बुढा रहेका छन् ।

वाईसिएलको जेठ (१८–२४) गते काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । 

 

 

सोमबार, २६ जेठ २०८२, १९ : ०१

प्रतिक्रिया