संसदीय समितिको बैठकमा विवाद, भिजिट भिषा प्रकरणको विषय उठेपछि सांसदबीच चर्काचर्की

शुक्रबार, ३० जेठ २०८२, १४ : २७

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा भिजिट भिसा प्रकरणको विषयले प्रवेश पाएपछि सदस्यहरुबीच केही समय नोकझोक चलेको छ । 

समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले खाडीमा घरेलु कामदारको विषयसँगै भिजिट भिसा प्रकरणमा अनुसन्धानको माग गरे। 

उक्त विषयमा सांसदहरुको भूमिका सक्रिय नखेदेखिएको पराजुलीको टिप्पणीप्रति नेकपा (एकीकृत समाजवादी) का सांसद श्रेष्ठ, नेपाली कांग्रेसका सांसदहरु राजु थापा र कान्तिका सेजुवालले असहमती जनाउँदै चर्काचर्की गरेका थिए ।

शुक्रबार, ३० जेठ २०८२, १४ : २७

प्रतिक्रिया