काठमाडौं- वर्षासँगै विभिन्न ५ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरमा पहिरोका कारण आश्राङदेखि गिम्दी जाने सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
यसैगरी धनकुटामा रवि राके–भेडेटार सडक, खोटाङमा दिक्तेल–गाइघाट सडक खण्ड र मकवानपुरमा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध बनेको छ।
यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया