काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गोरखा जिल्लाका लागि पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै नयाँ शैलीमा विरोध जनाएका छन् । उनले आइतबारको प्रतिनिधिसभा बैठकमा दर्शक दीर्घामा बसेर विरोध जनाएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै जारी गरेको नोटमा लेखेका छन्,’सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्युलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालको इकोनोमी चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ! ’
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले गोरखाको बजेट कटौती गरेको भन्दै उनले आक्रोश पोखेका छन्।
प्रतिक्रिया