सन नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

सोमबार, ०२ असार २०८२, १२ : ४३

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

कम्पनीले सूचना जारी गर्दै समयमै नवीकरण भुक्तानी नभएर व्यतित भएका बीमालेखहरुमा यो छुट सुविधा प्रदान गरिने बताएको छ । 

कम्पनीले असार ३० गतेसम्म पुनर्जागरण गराउने व्यक्तिहरुलाई विलम्ब शुल्कमा छुट दिने जनाएको छ। यो छुट बीमा अवधिमा एक पटक मात्र प्रयोग गर्न सकिनेछ।

कम्पनीले यस सम्बन्धमा थप जानकारीको लागि अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

सोमबार, ०२ असार २०८२, १२ : ४३

प्रतिक्रिया