रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सोमबार, ०२ असार २०८२, १६ : ५०

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज सोमबार काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।

यस सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

साथै, यस सभाले बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरेको थियो । यसर्थ जेठ २५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै यस कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

सोमबार, ०२ असार २०८२, १६ : ५०

प्रतिक्रिया