काठमाडौं- इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानलाई चेतावनी दिएका छन् । इरानी आक्रमणमा मारिएका इजरायली नागरिकहरूको ज्यानको मूल्य तेहरानका नागरिकहरूले चुकाउनुपर्ने उनले बताएका छन् ।
इजरायलमा आइतबार राति भएको इरानी आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । इजरायली रक्षा बल (आईडीएफ) लाई बदला लिनबाट रोक्न जानाजानी नागरिकहरूलाई लक्षित गरेको आरोप उनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई लगाए ।
इजरायल काट्जले खामेनीलाई ‘कायर हत्यारा’ र ‘अहंकारी तानाशाह’ भनेका छन् । इजरायलले चाँडै बदला लिने पनि उनले बताए । -एजेन्सी
प्रतिक्रिया