काठमाडौं- माबिलुङ इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले बोर्डबाट करिब १९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि खुला हुने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया