स्यार्पु पावरले आईपीओ निष्कासन गर्ने, बोलायो वार्षिक साधारणसभा

बुधबार, ०४ असार २०८२, ११ : ४९

काठमाडौं- स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले छैटौँ वार्षिक साधारणसभा बोलाएको छ । 

सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, रुकुम पश्चिम जिल्ला, मुसिकोट नगरपालिका–१, मा असार २६ गते बिहान ११ बजे सुरु हुनेछ । 

सभाले आईपीओ निष्कासनको प्रस्ताव र त्यसबाट उठ्ने रकमको उपयोग, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने साथै संशोधनपछि कायम हुने जगेडा सेयर बिक्री गर्ने विशेष प्रस्ताव प्रस्तुत गर्नेछ । 

बुधबार, ०४ असार २०८२, ११ : ४९

प्रतिक्रिया