चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु, १८ घाइते

शनिबार, ०७ असार २०८२, १२ : ४४

काठमाडौं- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र ईभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका–५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी गाडी ठक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

शनिबार, ०७ असार २०८२, १२ : ४४

प्रतिक्रिया